भक्तपुरमा एटिएम बुथ फुटाउँदै गरेकाे अवस्थामा एक जना पक्राउ

भक्तपुरमा एटिएम बुथ फुटाउँदै गरेकाे अवस्थामा एक जना पक्राउ

प्रहरीले भक्तपुरबाट बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेकाे अवस्थामा गएराति एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् ।

मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । तामाङ एनआइसी एशिया बैंकको एटिम फुटाउँदै गरेका थिए ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरिने प्रनाउ गिरीले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.