जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि १२ दिनका लागि थप गरेको छ ।

शनिबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले १२ दिन लकडाउन बढाउने निर्णय गरेको हो । अब आगामी जेठ ३२ सम्म लकडाउन हुनेछ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ ।सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे ।

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.