नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।

पछिल्लो समय बाजुरामा एक साताअघि भारतबाट आमाबुबासँग नेपाल आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.