सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न अनुमति

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न अनुमति

शनिबार साँझ सोह्रखुट्टेमा नेपाली युवतीमाथि दुर्व्यहार गरेको अभियाेगमा पक्राउ परेका चिनियाँ नागरिकलाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

शनिबार साँझ बाटोमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको देखेपछि स्थानीयले कुटपिट गरी प्रहरीसमक्ष बुझाएका थिए।

पक्राउ परेका दुइ चिनियाँमध्ये एक जनाको गल्ती नभएको कारण मुद्दा चलेन भने एकजनालाई सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति लिइएकाे महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दिपक खड्काले जानकारी दिए।

पीडित पक्षले शनिबार नै उजुरी दर्ता गर्न माग राखे पनि साँझ भएकोले आइतबार बिहान दर्ता भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.