बाँकेको अगैयामा बस दुर्घटना: १२ जनाको मृत्यु, २१ घाइते

बाँकेको अगैयामा बस दुर्घटना: १२ जनाको मृत्यु, २१ घाइते

बाँकेको राप्ती सोनारी गाउँपालिकामा –२ ठुरिया जंगलमा गए राति गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ११ पुरूष र एक महिला रहेका छन्। घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

मृतकहरूको सनाखत हुन सकेको छैन।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.