नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिए सँगै  कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या थप भएकाे हाे । यो सहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

भारतबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।

१४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो।

बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.