वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका पुरुषमा कोरोना पुष्टि

वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका पुरुषमा कोरोना पुष्टि

पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे अवस्थामा भेटिएकाे पुरुषको शवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएकाे अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

पुरुषको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। पुरुषको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी भइरहेकाे डा. सिंहले जानकारी दिए ।

पुरुषको मृत्युपछि कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.