सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाहका लागि जारी गरेका सवारी पास खारेज हुने भएको छ ।

जोर-बिजोर प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले यसअघिका पास खारेज गरेको हाे । पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि पास जारी गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.