पहिरोले जिप पुर्दा दुई जनाको मृत्य, ४ जना घाइते

पहिरोले जिप पुर्दा दुई जनाको मृत्य, ४ जना घाइते

गुल्मीमा सडक माथिबाट खसेकाे पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शनिबार दिउँसाे जिप मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर जादै गरेकाे ग १ ज ३९९७ नम्बरको जिप धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा पहिरोमा पुरिएको हो ।

पहिरोमा पुरिएर जिप चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका रमेश रानालाई उपचारको लागि अर्घाखाँचीको सन्धीखर्कमा लगिएको छ भने अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.