ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा इन्सपेक्टर पक्राउ

ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा इन्सपेक्टर पक्राउ

ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा मकवानपुरबाट नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रंगेहात पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक राय ठेकदार दुर्गा लामासँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

रायलाई शनिबार बिहान बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट नियन्त्रणमा लिएको हाे । यसअघि पनि उनले ठेकेदार लामासँग पैसा माग्दै आएको बुझिएको छ ।

घटनाबारे थप अनुसन्धान गर्दै घुससहित पक्राउ परेका इन्सपेक्टर रायलाई अख्तियारमा बुझाउने प्रदेश कार्यालय प्रहरीको तयारी छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.