बिना पास उपत्यका प्रवेश गर्न खाेज्ने तीन सवारी साधन नियन्त्रणमा

बिना पास उपत्यका प्रवेश गर्न खाेज्ने तीन सवारी साधन नियन्त्रणमा

पास नलिएरै काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४५८० नम्बरको हाइस गाडीका चालक बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय राहुल डबगर, झापाबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५८३४ नम्बरको यात्रुवाहक बसका चालक सुनसरी पानमरा नगरपालिका-२२ घर भएका ४० वर्षीय राकेश शाक्य र नेपालगञ्जबाट काठमाडौंतर्फ आएको ना.७ ख ७३९५ नम्बरको यात्रुवाहक बसका चालक बाँके खजुरा गाउँपालिका-२ बस्ने ३४ वर्षीय रुद्रबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

लकडाउनको मौकाको फाइदा उठाएर सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा बस र चालकलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.