कोरोना संक्रमणबाट थप एकको मृत्‍यु, मृत्यु हुनेको संख्या २५ पुग्यो

कोरोना संक्रमणबाट थप एकको मृत्‍यु, मृत्यु हुनेको संख्या २५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हाे । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।

संक्रमित पुरुषको गएराति ११ः३५ बजे  उपचारकाे क्रममा मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए। उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.