सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान वर्षासँगै परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका ९ की ३० वर्षीया ललीतादेबी यादव, महादेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केशीलाल साह छन् ।

तीन जनाको घटनास्थलमै र साहको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएकाे छ ।

घाइते दुई जनाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.