कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या २६ पुगेको हाे ।

चितवन घर भई ललिपुरको महालक्ष्मीस्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.