भरतपुर अस्पतालमा उपचाररत् कैलालीका कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत् कैलालीका कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान ७ बजे मृत्यु भएको हाे । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।

फोक्साकोे क्यान्सरको उपचार भइरहेको अवस्थामा असार ११ गते कोाभिड पुष्टि भएपछि भरतपुर अस्पताल ल्याइएका पुरूषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनका  अनुसार ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा  भारतबाट फर्किएका थिए ।  पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.