नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई २८ औं आइजिपीमा नियुक्त गरेको हो । उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन् । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्

महानिरीक्षकको लागी एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले वरियतामा एक नम्बरमा रहेका  थापालाईनै आईजीपी बनाउने निर्णय गरेको हो।

प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने सरकारले विश्वास जस्लाई गरेपनि मिलेर काम गर्ने सहमती गरेका थिएँ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपी सम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यवसायीक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा चिनिन्छन्।

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन्। उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.