
दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ
काठमाडौं महानगरपालिका-४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस-८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस-१ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकि भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका संचालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।
उक्त मिलका संचालकले साहलाई काम बिगारेकोमा गाली गरेको बिषयलाई लिएर त्यसको बदला लिन नातीकाजी, उनकै श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका थिए । साथै जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली भारतको लखनऊमा बस्दै आएका साहलाई अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी पक्राउ गर्न सफल भएको उक्त व्यूरोले जनाएको छ ।
उक्त घटनामा संलग्न अर्का अभियुक्त प्रताप राना समेतको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
नेपाल प्रहरीको सरुवा मापदण्डमा के छ
नेपाल प्रहरीले सरुवा सम्बन्धि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। नेपाल...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...
ललिता निवास जग्गा हिनामिना प्रकरण, फरार चा...
काठमाडौं, १३ असार ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकर...