सुस्मिता क्षेत्री हत्याकाण्ड: ससुरासहित चार जना पुर्पक्षका लागि जेल चलान

सुस्मिता क्षेत्री हत्याकाण्ड: ससुरासहित चार जना पुर्पक्षका लागि जेल चलान

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या अभियोगमा उनका ससुरासहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

जिल्ला अदालत मकवानपुरले बुधबार सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

‘अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ,’ उनले भने,’उनीहरूलाई कारागारतर्फ लिने तयारी गर्दैछौं।’

उनका अनुसार ससुरा प्रकाश थापालाई भीमफेदीको कारागारमा लगिनेछ।

त्यस्तै अन्य तीन महिलालाई चितवनको कारागारमा लग्ने तयारी भएको छ। सुस्मिताको असार २ गते हत्या भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.