कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

कास्कीमा गए राती पहिरो जाँदा ३ जनाको मृत्यु भएकाे छ ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखका प्रेमराज विकको घरमा पहिरो खस्दा प्रेमराजको माइलो छोराको छोरा १६ वर्षिय नाती कुशल विक, १६ वर्षकै नातिनी रोजीना विक र १४ वर्षिय नाति समिर विककको मृत्यु भएकाे हाे ।

अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालि सकेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.