कोरोना संक्रमणबाट थप एकको मृत्‍यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

कोरोना संक्रमणबाट थप एकको मृत्‍यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हाे । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।

गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका वृद्धको बिहीबार राति अन्दाजी  १० बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटारले जानकारी दिए ।

मुटुका विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो। त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

अहिले मृतकको शवलाई अस्पतालमै राखिएको छ। शवलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.