चोर भनेर टोलवासीले कुटपिट गर्दा गोलढुङ्गामा एकजनाको मृत्यु

चोर भनेर टोलवासीले कुटपिट गर्दा गोलढुङ्गामा एकजनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भएको छ ।

टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गर्दा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा  रसुवा घर भई हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ रहेका छन् ।

त्यस्तै स्थानीयको कुटपिटबाट रसुवाकै दोर्जे तामाङ सामान्य घाइते भएका छन् । घाइते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप सोधपुछ गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए ।

‘मध्यराति चोर आयो भनेर टोल नै उठेर कुटपिट भएछ,’ एसएसपी ज्ञवालीले भने, ‘यद्यपी उनीहरु चोर्ने नियत वा के हिसाबले त्यहाँ पुगे अनुसन्धान भइरहेको छ ।’

घटनाबारे अनुसन्धानका लागि दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.