प्युठानमा ट्र्याक्टर दुर्घटना : सात जनाको मुत्यु

प्युठानमा ट्र्याक्टर दुर्घटना : सात जनाको मुत्यु

प्युठानकाे स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।

दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै  थमन बाठा मगर,  २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय  रिमबहादुर बस्नेत,  २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी  २५ वर्षीय कमल कुँवर रहेका छन् । मृत्यु भएका सातै जना रोल्पाका बासिन्दा रहेकाे प्रहरीले जनाएकाे छ ।

सो ट्याक्टरमा सवार रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटना राति भएपनि वर्षा भइरहेकाले प्रहरी घटनास्थलमा बिहान मात्र पुगेको थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.