भान्जाको अपहरणपछि हत्या गरेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

भान्जाको अपहरणपछि हत्या गरेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार भएका एकजना भारतीय नागरिकलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला मुजप्फरपुरस्थित आखाडाघाट घर भएका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट  शनिबार पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

काठमाडौंको खिचापोखरी बस्‍ने राई स्कुल जोरपाटीका कक्षा ७ का विद्यार्थी रोहितकुमार गुप्ताको २०६४ असोज २४ गते अपहरणपछि हत्याग गरेर उनी फरार भएका थिए।

ती बालक साँझ ५ बजेको समयमा घरबाट बाहिर निस्किएको अवस्थामा अपहरणमा परेका थिए। त्यसपछि गुप्तासहितले टेलिफोनमा बालकका बुवा वासुदेव गुप्तासँग छोरा अपहरणमा परेकाे र छोरा छुटाउन भन्दै २ लाख ५० हजार फिरौती मागेका थिए।

रोहितका बुबाले सो रकम बुझाएर पनि उनका छाेरा अपहरण मुक्त भएका थिएनन् । बरु त्यसको ३ दिनपछि असोज २७ गते  बालको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो । अभियुक्तले हत्यापछि शव भरियालाई बोकाएर कमलादीको सडकमा लगेर फ्याकिदिएकाे अनुसन्धानकाे अनुसन्धानकाे क्रममा खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।

घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हालपनि कारागारमै रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.