प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पछी थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए ।

चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको डीआईजी शाहीले भने । देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.