सरकारी रकम आफन्तको नाममा जम्मा गर्ने गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ

सरकारी रकम आफन्तको नाममा जम्मा गर्ने गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ

सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुम त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन्।

बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ। लेखापाल केसीले गत वर्ष २०७६-७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रूपैयाँ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.