गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

गो‌ंगबुमा आइतबार दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई साेमबार साँझ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कल्पना शाही रहेकी छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवन टाँडीस्थित माधवपुरबाट पक्राउ गरेकाे हाे । प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ।

ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्।

आइतबार काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।

प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। हत्या गरिएका बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.