सेवाग्राहीसँग घुस लिने ६ प्रहरी निलम्वित

सेवाग्राहीसँग घुस लिने ६ प्रहरी निलम्वित

बागमती प्रदेश प्रहरी कार्यालय, मकवानपुर हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने ६ जना प्रहरीलाई निलम्बन गरेको छ ।

मंगलबार कार्यालयले विभिन्न जिल्लामा कार्यरत ६ जना प्रहरीलाई घुस खाएको आरोपमा निलम्बन गरेको हो। उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

निलम्बनमा पर्ने २ हवल्दार र चार प्रहरी जवान रहेका छन् । निलम्बनमा पर्नेमा हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र साह, रामकुमार थापा, नवीनबहादुर थापा छन् । नवीन थापा काभ्रेस्थित इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत थिए ।

निलम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना छन्। कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुसार उनीहरूले सवारी चालकसँग विभिन्न वहानामा घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको थियो।

निलम्बन गरिएका प्रहरीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली पनि गठन गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.