डोटीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३१ घाइते

डोटीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३१ घाइते

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे । मृतक ३ जनाको सनाखत भइ नसकेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएकाे छ ।

बस सडकबाट एक सय मिटर तल खसेको छ ।  वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.