काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा (निर्णयसहित)

काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा (निर्णयसहित)

भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

मंगलबार बसेकाे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी यस्तो निष्कर्ष निकालेको हो।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यो निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन नपाइने बैठकले निर्णय गरेकाे छ ।

उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.