माधवकुमार नेपालको सुरक्षामा खटेका ९ जना सुरक्षाकर्मीलाई कोरोना

माधवकुमार नेपालको सुरक्षामा खटेका ९ जना सुरक्षाकर्मीलाई कोरोना

क्राइम न्युज नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटेका ९ जना सुरक्षाकर्मीलाई कोरोना भएको छ।

उनका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुरुमा एक जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि जाँच गर्दा अन्यको पनि रिपोर्ट पोजेटिभ आएको हो।

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ।

संक्रमितहरूलाई शनिबार कीर्तिपुरस्थित आइसोलेसनमा लगिएको छ।

नेपाल प्रहरीका दुई जनालाई प्रहरी अस्पताल लगिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.