झारफुक गर्ने बहाना, २ जनालाई जबरजस्ती करणी गरेको अभियोग

झारफुक गर्ने बहाना, २ जनालाई जबरजस्ती करणी गरेको अभियोग

डुडुवा गाउँपालिका-५ कम्मरजँहा  बस्ने ४० वर्षीय नजिर महमद पक्राउ परेका छन। उनले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार  बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.