
कास्की प्रहरीलाई सफलता, एकै दिनमा २८ फरार प्रतिवादी पक्राउ
दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका-२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएका २१ वर्षीय अनिल थापा मगर, पोखरा महानगरपालिका-१० बस्ने बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ र केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...