रौतहटका पुजारी साहको हत्यामा सम्लग्न दुइ जना पक्राउ

रौतहटका पुजारी साहको हत्यामा सम्लग्न दुइ जना पक्राउ

रौतहटका पुजारी श्रीराम साहको हत्यामा सम्लग्न दुइ जना पक्राउ परेका छन।दे वानी गोनाही नगरपालिका-१ करुनियाका रामनरेश पटेल र बालकुमार पटेल पक्राउ परेका हुन।

उनको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप  सिहंले बताए।

यही भदौ ३ गते ६२ वर्षीय साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो।

पक्राउ परेका रामनरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने बहानामा रामनरेशले कटुवा पेस्तोलबाट गोली हानी पुजारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.