झापाको शिवसताक्षीमा युवकको विभत्स हत्या

झापाको शिवसताक्षीमा युवकको विभत्स हत्या

झापाको शिवसताक्षी ११ स्थित सताक्षीधामा एक युवकको शव भेटिएको छ। स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्धत लिइने भएको छ।

गोमनसिंह मगर मंगलबार साँझदेखि बेपत्ता थिए।

शिवसताक्षी नगरको वडा नम्बर ११ मा पर्ने रतुवामाई वृक्षरोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.