कोरोनाबाट मृत्यु हुनेकाे अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ

कोरोनाबाट मृत्यु हुनेकाे अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ

विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ परेको हो ।

पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.