नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागबजारको कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना रहेका छन् । उनिहरुलाई महानगरीय अपराध महाशाखाकाे टाेलीले काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।

प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२÷१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ ।  उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गरेकाे अनुसन्धानकाे क्रममा खुलेकाे छ ।

काठमाडौंमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.