अवैध लागूऔषध कारोबार गर्ने व्यक्तिहरु पक्राउ

अवैध लागूऔषध कारोबार गर्ने व्यक्तिहरु पक्राउ

भक्तपुर भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित अरनिको राजमार्गबाट नियन्त्रित लागूऔषध २ हजार ९ सय ५० एम्पुल डाईजापाम, ३ हजार एम्पुल नाईट्रोभेट, २ हजार ९ सय ५० एम्पुल प्रोमाथाजिन, १ हजार ५ सय एम्पुल ब्रुप्रिनोर्फिन र १ हजार ४ सय एम्पुल नुफिन सहित लागूऔषध कारोबार गर्ने ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-७ ठेगाना भएका ३६ वर्षीय विष्णु प्रधान, ३७ वर्षीय डम्बर बहादुर प्रधान र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ ठेगाना भएका ३२ वर्षीय शंकर खड्का रहेका छन् ।

लागूऔषध कारोबार गर्ने व्यक्तिहरूले ना.३ ख ९८९ नम्बरको कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी उक्त नगरपालिका-१ स्थित सल्लाघारीमा कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले विष्णु र डम्बर बहादुरलाई उक्त कन्टेनर रोकी राखेको अवस्थामा चालकको सिटमुनी उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न शंकरलाई बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको सयुंक्त प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.