बेवारिसे शव फेला

बेवारिसे शव फेला

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताउनुभयो ।

अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.