र्‍यापर भिटेन उच्च अदालत पाटन पुगे

र्‍यापर भिटेन उच्च अदालत पाटन पुगे

आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाऊँ भन्दै र्‍यापर भिटेन भनेर चिनिने समिर घिसिङ उच्च अदालत पाटन पुगेका छन्।

पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार आफूलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिन भिटेनले माग गरेका छन्।

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो।

उच्च अदालत पाटनले र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.