काठमाडौंमा नयाँ एसएसपी,गुण्डाप्रति आक्रामक हुने

काठमाडौंमा नयाँ एसएसपी,गुण्डाप्रति आक्रामक हुने

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका एसएसपी अशोक सिंह आज परिसर हाजिर भएका छन्।

गृह मन्त्रालयको मंसिर ५ गतेको निर्णय अनुसार एसएसपी सिंहको काठमाडौं परिसरमा सरुवा भएको थियो।

एसएसपी सिंहले आजैबाट परिसरको कमाण्ड सम्हालेका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । उनले एसपी छँदा पनि परिसरमा बसेर काम गरेका थिए। एसएसपी सिहलाई एसपी सोमेन्द्र सिह राठौर लगायतले स्वागत गरेका थिए।

कमाण्ड सम्हाले लगत्तै उनले मातहतका निकायलाई कडा ब्रिफिङ गरेको बुझिएको छ ।

एसएसपी सिंहले काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

एसएसपी सिंह गुण्डाप्रति आक्रामक हुने प्रहरी अधिकारी हुन।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.