बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटाँैडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो । बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.