शुक्रबारदेखि उपत्यकामा जोर–विजोर प्रणाली हट्ने

शुक्रबारदेखि उपत्यकामा जोर–विजोर प्रणाली हट्ने

काठमाडौं उपत्यकामा भोलि शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार विज्ञप्ति जारी गर्दै जोर–विजोर प्रणालीमा यातायात संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुको चाप बढेकाले सर्वसाधारण यात्रुको सुविधाको लागि जोर–विजोर हटाउन लागेको बताएको छ ।

अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.