अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका-९ वतन भएका सोले/कुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बाबुराजा रावललाई २०६५ पुस १ गते बुढाथोकी लगायत प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, बिनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपैंया लिई रावललाई पुस २ गते टोखा पुर्‍याई छोडेर फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका-२, पशुपतिनगर टोलबाट पक्राउ गरेको हो ।

साथै बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी पक्राउ परेका दुर्गा बहादुर २०६४ वैशाख २५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार रहेको तथा त्यसअघि र पछि पनि विभिन्न आपराधिक घटनाहरु समेतमा संलग्न भई फरार रहेका थिए ।
प्रहरीको खोजीमा रहेका उनले आफ्नो पहिचान समेत बदली ‘प्रकाश क्षेत्री’ को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.