एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव फेला

एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव फेला

एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव बिहीबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका(२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले यसको पुष्टि गरे। उनका अनुसार पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हो । शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको देखियो उनले भने।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.