होलीमा ट्राफिक प्रहरीको कडा सुरक्षा जाँच, १६०९ चालकहरुलाई कारबाही गरि छाडियो

होलीमा ट्राफिक प्रहरीको कडा सुरक्षा जाँच, १६०९ चालकहरुलाई कारबाही गरि छाडियो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ ।

दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखी नै कडा चेकजाँचको व्यबस्था मिलाएको छ ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभरि चेकप्वाइन्ट राखिएको छ, बिशेषगरि होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिबिधीमा संलग्न चालकहरु उपर निग्रानी बढाई कडाईका साथ कारबाहि गरिएको बताउनुभयो ।
उहाँले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको हो, आजदिनभरि छिटफुट दुर्घटना भएको बताउनुभयो ।

महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाहि गरेको छ । बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ । एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको के.एम.सि. र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटना रहित होली बनाउने बिशेष योजना सहितको चेकजाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारबाही गर्दा पाँचसय रुपैया दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरि मालीगाँउ बृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने मोटरसाईकललाई कारबाहि गर्न खोज्दा एक हजार रुपैँया दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाही सातदोबाटो बृत्तमा पठाएको महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.