कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ
काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका-७ बस्ने ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका-२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने सुनसरी बर्जु गाउँपालिका-३ घर भएका ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।
चाँगुनारायण नगरपालिका-२ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा व्यक्ति नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट खटिएको प्रहरीले कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । कुटपिटमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर घाइते भएका कृष्ण गुरुङ भनिने व्यक्तिलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...