गोली प्रहारबाट २ जना घाइते, शंकास्पद ७ जना प्रहरीको नियन्त्रणमा

गोली प्रहारबाट २ जना घाइते, शंकास्पद ७ जना प्रहरीको नियन्त्रणमा

कपिलवस्तु नगरपालिका-३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका-१ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बुधबार राति घाइते भएका छन् ।

लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते ईयाजलाई उपचारका लागि लागि जिल्ला अस्पताल तौलिहवा र दिपकलाई भैरहवा मेडिकल कलेज पठाएको छ । घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका-१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.