जसले ३९ लाख ८० हजारको श्रोत खुलाउन सकेनन

जसले ३९ लाख ८० हजारको श्रोत खुलाउन सकेनन

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ बिगी पुलस्थित जनकपुर मटिहानी सडकखण्डबाट असार ८ गते सशस्त्र प्रहरीले ३९ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षिय संजय कुमार साह छन् । अन टेस्ट लेखेको स्कुटरमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर
आउट पोष्ट मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला पारेको हो । त्यसवेला निजको उक्त रपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

बरामद रुपैयाँ तथा स्कुटरसहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.