दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने पक्राउ

दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने पक्राउ

दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने एक जना पक्राउ परेका छन। सिन्धुपाल्चोकका २९ वर्षीय सुरेश तिमल्सिनालाई  पक्राउ गरिएको उपत्यका अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए।

दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मंदिर परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्षतविक्षत रहेको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी इनबहालबाट फेला पारी पक्राउ गरेको हो ।

सन्तोषी सुब्बाले असार ६ गते सुरेशसँग खाने र बासको समस्या भएको बताए पश्चात निजले काम गर्ने बसमा उक्त व्यवस्था मिलाईदिन्छु भनी घटनास्थलतर्फ लगी जबरजस्ती गर्ने क्रममा प्रतिकार गरे पछि सुरेशले घाँटी थिची सलले घाँटीमा बेरी हत्या गरे पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, सन्तोषीको मोबाईल, मेमोरी कार्ड लगायतका सामानहरू समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

प्रहरीले निकालेको प्रेस नोट

घटना विवरण
मिति २०७८-०३- ०८ गते काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं ७ दक्षिणकाली मंदिर स्थित जंगल परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा पछी नामथर वतन काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका(७ बस्ने सन्तोषी सुव्वा भनी खुल्न आएको महिलाको अनुहारको भाग क्षतविक्षत रहेको मृत लाश सम्बन्धी घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परीसर काठमाण्डौको टोलीहरूले संयुक्त अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ घर भई दक्षिणकाली नगरपालिका(७ बस्ने २९ वर्षको सुरेश तिमल्सिनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरीएको ।

अनुसन्धानको क्रममा मिति २०७८-०३-०६ गते मृतक सन्तोषी सुब्बाले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताए पश्चात निज सुरेश तिमल्सिनाले खाना र सुत्ने व्यवस्था निजले काम गर्ने बसमा मिलाईदिन्छु भनी घटनास्थल तर्फ लगी जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषी सुब्बाले प्रतिकार गरे पश्चात निज सुरेश तिमल्सिनाले घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरे पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको भनी खुल्न आएकोमा मिति २०७८-०३-०९ गते निज भागी लुकिछिपी बसेको स्थान काठमाण्डौ २७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.