धनुषामा २४ किलो गाजाँसहित एक जना पक्राउ

धनुषामा २४ किलो गाजाँसहित एक जना पक्राउ

धनुषामा २४ किलो गाजाँसहित एक जना पक्राउ परेका छन। धनुषा जनकपुर उप महानगरपालिका २१ कुर्था बस्ने सन्तोष महासेठ पक्राउ परेको एसपी प्रकाश रानाभाटले जानकारी दिए।

उनले ले आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्र।नि।को कमाण्डमा टोली खटि गई उनको घर रित पुर्वक खान तलासि गर्दा घरबाट ४ किलो २८० ग्राम गाजाँ फेला पारि बरामद लागु औषध गाजाँ सहित सन्तोष महासेठलाई नियन्त्रणमा लिएको हो।

साथै प्रहरी रेकर्डमा हेर्दा महासेठको विरूद्धमा मिति २०७४।०४।१५ गते लागु औषध गाँजा १ किलो लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान पश्चात मिति २०७४।०५।२५ गते धनुषा जिल्ला अदालतको आदेशानुसार १ महिना कैद भुक्तान गरी छुटेको खुल्न आएको छ।

साथै उनी मिति २०७५।०४।१३ गते लागु औषध गाँजा ७० ग्राम सहित पुन पक्राउ परेकोमा लागु औषध मुद्दा दर्ता पश्चात मिति २०७५।०५।११ गते धनुषा जिल्ला अदालतको आदेशानुसार रू १५,०००।– धरौटीमा छुटेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.